मेचीनगरमा एक अर्ब ३२ लाखको बजेट पारित

काँकडभिट्टा । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि रु एक अर्ब ३२ लाखको बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको आयोजित प्रथम नगरसभाबाट सो बजेट पारित भएको हो । नगरसभाको बैठकमा उपप्रमुख मीना उप्रेतीले सो बजेट प्रस्तुत गरेका थिए ।

बजेटमा आयतर्फ आन्तरिक स्रोतबाट रु चार करोड ५६ लाख २७ हजार ३१६, बाह्य स्रोतबाट रु ९३ करोड ६८ लाख ६० हजार ७४० र अन्य स्रोतबाट रु दुई करोड सात लाख ११ हजार ९४४ विनियोजन गरिएको छ ।

यसैगरी, खर्चतर्फ प्रशासनिक ९उपभोग० शीर्षकमा रु १२ करोड ९८ हजार २६९ र पूँजीगत शीर्षकमा रु ८८ करोड ३१ लाख एक हजार ७३१ विनियोजन गरिएको छ ।

खर्चमा हरेक वडालाई रु एक करोड १५ लाखका दरले छुट्टै बजेट दिइने र तीन करोड ५० लाखको ट्र्याक्टर, टिपर, एक्साभेटर र ग्रेडर खरिद गरिने बजेटमा उल्लेख छ । रासस

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com