२०६७ सालबाट थालिएको जुम्ला–डोल्पा सडक खण्डअन्तर्गत तिला नदी र जवा नदीमाथि बन्न लागेको ८४ मिटर पक्की पुल सम्झौता सकिँदा पनि बनेको छैन ।
गत असारमै बनाइसक्नुपर्ने गरी चार करोडमा सम्झौता गरीएको पुल निर्माण अझै अधुरो छ ।
पुल नबन्दा जुम्लाको गोठीचौर गाउँपालिका र डोल्पाका स्थानीयलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्नसमेत कठीन भएको छ ।
सात वर्ष हुँदा पनि पुल सम्पन्न नगरेकामा स्थानीय रुष्ट बनेको लालभक्त बोहोरा बताउँछन् ।
एक हप्ताको पैदल यात्रा गरेर डोल्पाबासी जुम्लामा खाद्य वस्तुलगायत दैनिक उपभोग्य सामान जोहो गर्न जुम्ला आउनु पर्ने बाध्यता रहेको छ ।

English
MTV NEPAL MTVNEPAL


