पुननिर्माणको लागी थप रकम माग्दै प्राधिकरण

२१ माघ, काठमाडौं । समयमै पुनर्निर्माणको काम सक्न यहि चालु आर्थिक वर्षमा करिब ५० अर्ब रुपैयाँ थप गर्नुपर्ने पुननिर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले चालु आवमा करिब ६० प्रतिशत घर निर्माण गर्ने लक्ष्य लिएको छ । आगामी असारसम्म करिब चार लाख ६० हजार घरको पुनर्निर्माण सम्पन्न गर्न उक्त रकम अपुग भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसालले जानकारी दिनुभयो ।
लक्ष्य पूरा गर्न करिब एक खर्ब रुपैयाँ लाग्ने भएपाि अहिलेसम्म सरकारले ५३ अर्ब रुपैयाँ मात्र विनियोजन गरेको छ । थप रकमका लागि अर्थ मन्त्रालयलाई जानकारी गराइसकिएको छ ।

यसैगरी, पछिल्लो समय सरकारले घोषणा गरेको थप एक लाख रुपैयाँ अनुदान भने चालु आवमा वितरण गर्न सक्ने अवस्था नरहेको प्राधिकरणको भनाइ छ । त्यसका लागि थप करिब एक खर्ब रुपैयाँ आवश्यक हुने आकलन छ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com