धरानमा जारी २० औं बुढासुब्बा गोल्डकप फुटवलमा आइतबार आयोजक धरान फुटबल क्लव र भारतको दुर्गापुर स्टील कोलकाता खेल्दैछन् ।
खेल दिउँसो २ बजेपछि धरान रंगशालामा सुरु हुनेछ । आइतबारको विजेता प्रतियोगिताको सेमिफाइनल पुग्नेछ ।
उद्घघाटन खेलमा शनिबार मनाङ मस्र्याङदी क्लवलाई हराउँदै संकटा क्लव सेमिफाइनल पुगेको छ ।
८ टिम सहभागी प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले एक यामाहा मोटरसाइकल पाउनेछन् ।

English
MTV NEPAL MTVNEPAL


