सोसल मिडिया साइट फेसबुकका एक इन्जिनियरले समयको नयाँ इकाई पत्ता लगाएका छन् ।
यो इकाई एक सेकेण्डको १÷७०५६००००० भाग सानो छ । अर्थात् यो नानो सेकेण्ड पछिको सबैभन्दा सानो समयको इकाई हो । जसको नाम फ्लिक राखिएको छ ।
भिडियो इफेक्ट्सलाई कोड शेयरिङ साइट गिट हबको डिस्क्रिप्सनसँग सिंक्रोनाइज गर्नका लागि समयको यो नयाँ इकाई फ्लिक डिजाइन गरिएको बताइएको छ ।
अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार यो फ्लिकको आमरुपमा खासै प्रभाव रहनेछैन तथापि भर्चुअल रियालिटीको अनुभवलाई अझै उत्कृष्ट बनाउन यसले भूमिका खेल्नेछ ।
बीबीसी रिसर्च एण्ड डेभलपमेन्टका मुख्य अनुसन्धानकर्ता इन्जिनियर म्याट ह्यामोन्डका अनुसार ग्राफिक्समा सटर्स जस्ता एररहरु कम गर्नका लागि यसले सहयोग पूराउनेछ ।
फेसबुक ओपन सोर्सले आफ्नो ट्विटर अकाउन्टमार्फत नानो सेकेण्डभन्दा केहीमात्र ठूलो समयको नयाँ इकाई फ्लिक्स जारी गरेको जनाएको छ ।
फ्लिक्सका सर्जक क्रिस्टोफर होर्वाथले सन् २०१७ को सुरुमै यो इकाइका बारेमा आफ्नो आइडिया सार्वजनिक रुपमा फेसबुकमा पहिलोपटक शेयर गरेका थिए । प्राप्त कमेन्ट्सहरुलाई ध्यान दिई उनले यसमा केही परिवर्तन गरे र अन्ततः यो लञ्च गरिएको छ ।

English
MTV NEPAL MTVNEPAL


