भारतको आगरामा जारी एसियन स्कुल यू( १८ फुटबल च्याम्पियनसिपअन्तर्गत बिहीबार भएको खेलमा नेपालले श्रीलंकाविरुद्ध १(० गोलको कठिन जित हात पारेको छ । जितसँगै नेपालले प्रतियोगिताको पाँचौं स्थानका लागि भारतसँग फाइनल खेल खेल्ने तय गरेको छ ।समूहगत चरणको सुरुआती दुई खेलमा थाइल्यान्ड र इन्डोनेसियासँग लगातार पराजित हुँदा सेमिफाइनल सम्भावना गुमाएको नेपालले बिहीबार पाँचौं स्थानको सेमिफाइनल खेलमा श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गरेको थियो । खेलमा टोलीलाई विजयी बनाउन जय गुरुङले निर्णायक गोल गरेका थिए ।जयले खेलको ३८औं मिनेटमा दिनेश हेन्जनले मिलाइदिएको पासमा गोल गर्दै टोलीलाई १(० ले अघि बढाएका थिए । त्यसपछिको समयमा दुवै टोलीले गोल गर्न नसक्दा जयको त्यही गोल नेपाललाई महत्वपूर्ण जित दिलाउन निर्णायक बनेको हो । नेपालले अब पाँचौं स्थानका लागि शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्ने छ । भारतले बिहीबार नै भएको खेलमा चीनलाई १(० गोलले पराजित गर्दै पाँचांै स्थानका लागि नेपालसँगको खेल तय गरेको हो ।नेपाली टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले खेलाडीले निरन्तर खेल खेल्नु परेका कारण नतिजा सोचेको जस्तो नआएको प्रतिक्रिया दिए । ‘हामीले प्रतियोगितामा चौथो खेल खेलेको १५ घन्टा पनि नबित्दै अर्को खेल खेल्नु पर्दा खेलाडीले आफ्नो स्वाभाविक खेल पस्कन सकेन’, प्रशिक्षक श्रेष्ठले भने, ‘त्यसैले पनि श्रीलंकाविरुद्धको खेलमा जित मुस्किल भयो ।’

English
MTV NEPAL MTVNEPAL


