अस्पतालमा भेन्टिलेटर काम नगर्दा बालकको मृत्यु परिवार भन्छन् ः हस्पिटल कै लापरवाही

चितवन । भरतपुर अस्पतालमा नियो न्याटल भेन्टिलेटर नबन्दा एक नवजात शिशुको मृत्यु भएको छ ।अस्पतालका निमित्त मेसु डा। युवानिधि बसौलाले नवजात शिशुका लागि आवश्यक पर्ने नियो न्याटल भेन्टिलेटरले काम नगर्दा असोज १० गते नवजात शिशुको मृत्यु भएको जानकारी दिए ।भेन्टिलेटर नहुँदा भरतपुरकी उमा तामाङकी नवजात शिशुको निधन भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा समस्या भएर नवजात शिशुलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । जन्मेपछि २८ दिनसम्मका शिशुको नियो न्याटलमा राखेर कृतिम श्वासप्रश्वासबाट उपचार गरिन्छ । अस्पतालको एनआईसीयूमा जडित नियो न्याटल भेन्टिेलर बिग्रँदा उपचारमा समस्या आएको छ ।निमित्त मेसु बसौंलाले शिशु एनआईसीयूमा राख्ने बेला नै भेन्टिलेटर छैन भनेर अभिभावकलाई जानकारी गराएको दावी गरे । उनले उपचारका क्रममा शिशुलाई भेन्टिलेटरको आवश्यकता देखिएको तर सो सुविधा नहुँदा बचाउन नसकिएको बताए ।भरतपुर अस्पतालमा यसअघि २ वटा नियो न्याटल भेन्टिलेटर थियो । एउटा केही महिनाअघि नै बिग्रेको र अर्काको पनि सेन्सर गएकाले दुवैले काम गरेका छैनन् । २ वटा भेन्टिलेटर बिग्रिए पनि स्वास्थ्य महाशाखाले केही महिनाअघि नै भरतपुर अस्पताललाई थप ४ वटा नियो न्याटल भेन्टिलेटर पठाएको थियो । अस्पताल प्रशासनले यसको जडानका लागि कुनै तदारूकता नदेखाउँदा ती प्रयोगविहीन छन ।नयाँ भेन्टिलेटरमा एयर कम्प्रेसर जडान नगरेकाले प्रयोगमा नआएको निमित्त मेसु डा। बसौलाले बताए । नयाँ जडानका लागि २० लाख जति आवश्यक पर्ने अस्पताल प्रशासनको भनाइ छ ।भरतपुर अस्पतालमा दैनिक ४० जनाले सुत्केरी सेवा लिँदै आएका छन् । यतिका संख्यामा सुत्केरी गराउने अस्पतालको एनआईसीयू सेवा भने अति नै कमजोर छ । यो उपकरण नहुँदा एनआईसीयूमा उपचाररत नवजात शिशु जोखिममा पर्दै आएका छन् ।अहिले एनआईसीयूमा रहेका १२ जना नवजात शिशुमध्ये ५ जनालाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको चिकित्सकले बताए । गत भदौ २१ गते यसै अस्पतालमा पीआईसीयू सुविधा नहुँदा मंगलपुरका एक बालकको सर्पदंशको कारण मृत्यु भएको थियो ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com