काठमाडौं – सरकारले वैदेशिक रोजगारीमा रहेकाहरुलाई विदेशमै पुनः श्रम स्वीकृति रि(इन्ट्री को सुविधा दिने गरी तयारी थालेको छ । यसका लागि वैदेशिक रोजगार विभागले पेमेन्ट गेट(वे परीक्षण लगायतका तयारी गरिरहेको छ ।कामदारले दुई पटकसम्म विदेशस्थित नेपाली दूतावास र नियोगबाटै श्रम रि(इन्ट्रीको सुविधा पाउनेछन् ।आफ्नो भिसा अवधि थपेर विदेशमा थप समय बस्नेहरुलाई अब सरकारले विदेशस्थित राजदूतावास र कुटनीतिक नियोगहरुमार्फत नै श्रमको रि(इन्ट्रीको व्यवस्था गर्न लागिएको विभागमा महानर्देशक भीष्मकुमार भुसालले जानकारी दिए ।विभागका अनुसार यो कामका लागि विदेशस्थत कुटनीतिक नियोगहरुमा थप जनशक्ति आवश्यक पर्छ । यसका लागि परराष्ट्र मन्त्रालयसँग पनि छलफल अघि बढाएको उनले बताए ।वैवेशिक रोजगार कल्याणकारी कोष र बीमाका लागि तिर्नुपर्ने शुल्क पनि विदेशबाटै भुक्तानी गर्न सकिने व्यवस्था गर्न लागिएको विभागले बताएको छ । यसका लागि विभिन्न मोबाइल वालेटलाई प्रयोग गर्न लागिएको छ ।
वैदेशिक रोजगार ऐन संशोधन हुने गरी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा दुई पटकसम्म कामदारलाई विदेशबाटै श्रम रि(इन्ट्रीको सुविधा दिन सकिने व्यवस्था गरेको छ । व्यवस्थापछि घरेलु कामदारका रुपमा विदशेमा अवैधानिक रुपमा बसिरहनु परेकाहरुलाई पनि सहज हुनेछ । सरकारले विदेशमा नै श्रम रि(इन्ट्रीको व्यवस्थाका लागि २ वर्ष अघि नै गृहकार्य गरेको थियो ।

English
MTV NEPAL MTVNEPAL


