काठमाडौँ ः नेपालमा टिभी वि.सं २०४१ मा स्थापना भएको अब ३५ वर्ष पुग्न लाग्दा पनि नियमनको अभाबमा टेलिभिजन क्षेत्र खासै प्रगति गर्न सकेको छैन । अहिलेको सरकारले यसको कारण खोजी गर्दा ठूलो रहस्य फेला पारेको देखिन्छ । जस अनुसार नेपाली केवल च्यानल हाल सम्म २१६ वटा प्रशारण भई रहेको र स्याटेलाइट च्यानलको संख्या १८ रहेको छ ,तर केही च्यानल बाहेक बाँकी सबैको व्यवसायिक अवस्था रुग्ण नै छ । यसको पछाडिको कारण जे जस्तो भएपनि प्रमुख कारक तत्व हामा्रे देशमा देखाइने विदेशी च्यानलहरु नै हुन भनी विज्ञहरुको ठम्याइ छ । जस मध्ये ३९ विदेशी च्यानलले कुनै राजस्व तिरेको छैनन् भने बाँकी विदेशी च्यानल पनि शुल्क तिरेर प्रशारण अनुमति लिएका छन् ।डाकाले गाऊँ लुटनु भन्दा पनि कडा ठंगले हाम्रो देश विदेशी च्यानलहरुको हातबाट लुटीदैछ र तिनका मतियार बनेका छन् केवल टिभी वितरकहरु । वि.सं २०७३ साउन ७ गते मन्त्रिपरिषद्को निर्णय नेपाली च्यानल र नेपाली कलाकारको पक्षको लाभ दिने खालको थियो ा जस अनुसार विदेशी च्यानलबाट निर्वाध रुपमा भइरहेको विज्ञापन प्रसारणमा रोक लगाउने उद्देश्यले विज्ञापन रहित (क्लिन फिड) निति वि.सं २०७३ जारि गरियो सो निति अनुसार वि.सं २०७४ साउन १ गते देखि सःशुल्क र निःशुल्क दुवै किसिमका विदेशी च्यानल विज्ञापन रहित हनुपर्ने भनि घोषण गरियो । सरकारले घोषणा गरेको निति कानमा रुई राखेर विदेशका दलाली गर्ने केही केवलटिभी वितरकहरुले अनवरत रुपमा विदेशी विज्ञापन चलाइने रहेकाले (क्लिन फिड)लाई तत्काल लागु गर्ने सुचना पुन सार्वजनिक गरेको थियो । जसको जबाबी कारवाहीमा क्लिन फिडको विरोध गर्दै नेपालको केवलटिभी वितरक विदेशी च्यानलको पक्षधर रहेको प्रमाणित गर्न गत सोमबार दिउँसो ३ बजे देखि मंगलबार दिउँसो ३ बजे सम्म सम्पूर्ण विदेशी च्यानल बन्द राखे । नेपाली स्याटेलाइट च्यानल नयाँ स्थापना गर्न ५ देखि १० करोड उपकरण ,लाइसेन्सको १० लाख,रिनियु १० प्रतिशत, रोयल्टि २ प्रतिशत भए पनि केवलटिभी वितरकले नेपाली टिभी च्यानल सँग असहयोगको भावना राख्ने किन ? विदेशी च्यानलको प्रशारण सख्ंया बढी र नेपाली टिभी च्यानलको प्रशारण सख्ंया कम, किन?यति मात्रै नभई नेपालका कलाकारलाई समेत स्थापित हुन नदिने अठोट नै गरेका हुन भने भन्नु केहि छैन । नत्र यहाँको विदेशी वस्तुको खपत न्युनिकरण गर्दै स्वदेशी उत्पादनको बजारिक गराउनुके के केवलटिभी वितरकहरुको दायित्प बन्दैन ?
एकातिर नेपाली स्याटेलाइट च्यानलहरु मर्कामा छन् भने अर्कोतिर नेपाली कलाकार पनि बजार लिन सकिरहेका छैनन् । वर्षेनि अरबौ रुपैयाँ केवल टिभी वितरकहरुले विदेशी च्यानलहरुलाई बुझाउनु परेको छ भने यसबाट प्रत्यक्ष यहाँका उपभोत्तामा पनि ठूलो व्ययभार बढेको छ । साथै वैदेशिक वस्तुको अनावश्यक विज्ञापनले हाम्रो वस्तु प्रयोगको चाप थेग्नै नसक्ने गरी बढेको छ । यसको पछाडिका कारण खोज्नु अतिनै आवश्यक देखिन्छ । कहि यसमा सरकारको दोहोरो निति त काम गरिरहेको छैन ? किनकी केवलटिभी वितरकले पनि नेपाल सरकारबाट दस्तुर दिएर नै लाईसेन्स् लिएका हुन । एउटा केवलटिभी वितरकले मात्रै ५ करोड देखि १० करोड सम्म उपकरण, १ करोड लाईसेन्स्को तिरेर पनि विदेशी च्यानलको प्रत्येक च्यानल बापत ५०० डलरको हिसाबले विदेशलाई तिर्नु परेको छ । यसरी हेर्दा केवलटिभी वितरक पनि कम मर्कामा परेको देखिदैन । केवलटिभी वितरक पनि हाम्रै नेपाली दाजुभाई हुन । जसले सरकारलाई विभिन्न प्रकारका इजाजत पत्र MSO,DTH,MMDS र IPTV प्रत्येकको १ करोडको दरले लाईसेन्स् दस्तुर तिरि प्रत्येक वर्ष रिनियु १० प्रतिशत, रोयल्टि २ प्रतिशत तिरेकै छन् ।यदि सरकार इमान्दार हुने हो भने यो सबै प्याकेजलाई अलग अलग दस्तुर लिनु भन्दा एउटै इजाजत पत्र बाट सबै वितरण अधिकार दिनुपर्ने होइन र ? जसले केवलटिभी वितरक मात्रै लाभान्बित नभई सर्वसाधारण सेवागा्रहिको आर्थिक भार पनि कम हुने थियो । के यसको जिम्मा संचार मन्त्रालय र नेपाल सरकारले लिनु पर्दैन र ?यदि राष्ट्रको चौथो अंग संचार हौ भने, टिभी च्यानल व्यवसायी, केवलटिभी वितरक ,कलाकार,विज्ञापन निर्माता सम्पूर्ण एकजुट भएर सहकार्य गरे हुन्थ्यौ कि र सरकार सँग समिष्टगत समस्याको समाधान गरै हुन्थ्यो कि ?

English
MTV NEPAL MTVNEPAL


