काठमाडौं – सरकारले गत मंगलबार इनर्जी ड्रिंकको जुन रसायन, गुलिया, फलफूलको फ्लेबर, क्याफिन तथा सिन्थेटिक मिसाएर तयार पारिएको पेय पदार्थ लाई प्रतिबन्ध गराएको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनकाअनुसार सिन्थेटिक मिसाएर तयार पारिएको पेय पदार्थको सेवनबाट सर्वसाधारणको स्वास्थ्य पनि बिग्रने र ब्यापार घाटा पनि अत्याधिक हुने भएकाले यस्ता पेय पदार्थको आयातमा प्रतिबन्ध लगाइएको हो।सरकारले क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ ९इनर्जी ड्रिंक र फ्लेबर सेन्थेटिक ड्रिक्सलगायत० को आयातमा बन्देज लगाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी क्याफिनयुक्त शक्तिबर्द्धक पेय पदार्थ र यस्तै प्रकारका पेय पदार्थको आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको जनाएको हो।सरकारले पेय पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि पेय पदार्थको कम्पनी र ब्रान्ड नाम भने उल्लेख गरेको छैन। मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईकाअनुसार मन्त्रिपरिषदले जेठ १० गते गरेको निर्णयअनुसार स्वास्थ्यमा हानी पुर्याउने यस्ता पेय पदार्थमाथि प्रतिबन्ध लगाइएको हो।यसबाहेक सरकारले २० माइक्रोनको सट्टा ३० माइक्रोभन्दा कम मोटाइका प्लास्टिकका झोला तथा सिटको आयातमा पनि पूर्ण प्रतिबन्ध लगाएको छ। यस्तै बस्तुको उपभोग अवधी भन्सार विन्दुमा आइपुग्दा कम्तिमा ७५ प्रतिशत बाँकी रहेको अवस्थामा मात्रै उपभोग्य बस्तु आयात गर्न पाउने व्यवस्था गरिएको छ।

English
MTV NEPAL MTVNEPAL


