शीतलहरले ६ को मृत्यु

२७ पुस, बारा । केहि दिनदेखि बढेको शीतलहरपछि फैलिएको चिसोले पर्सामा ४ तथा बारामा २ जनाको ज्यान गएको छ ।
बुधबार पर्साको जीराभवानी गाउँपालिका–१, महादेवपट्टीमा चिसोले कठ््यांग्रिएर दुईजनाको मृत्यु भएको छ । महादेवपट्टी पकडिया टोलका ६० वर्षीय कमलखवास थारु र ३५ वर्षीय शम्भुमहरा चमराको मृत्यु भएको हो । मंगलबार राति खाना खाएर सुतेका खवास बुधबार बिहान ओछ््यानमा मृत अवस्थामा फेला परेको आफन्तले बताएका छन् ।
यसअघि मंगलबार बिहान पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर २७ उदयपुरघुर्मीका ४० वर्षीय मञ्जु मण्डल धानुक र उनकी फुपु ६५ वर्षीया इनरमतिया देवीको चिसोले कठ््यांग्रिएर मृृत्यु भएको थियो ।
उता, बाराको सिम्रौनगढ नगरपालिका–९, बसबरिया टोलका ६५ वर्षीय नन्दलाल यादवको चिसोले कठ््याग्रिएर ज्यान गएको छ । सिम्रौनगढ नगरपालिका–८, कचोर्वाका ६० वर्षीय अनसिक राय यादवको पनि सोमबार नै चिसोले ज्यान गएको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com