यस्तो सुटकेट जसले मालिक आफै चिन्दछ

हालैमात्र अमेरिकामा एक सुटकेस लन्च गरिएको छ उक्त सुटकेसले आफ््नो मालिक आफै चिन्दछ ।

अमेरिकाको लस भेगासमा सुरु भएको कन्जुमर इलेक्ट्रोनिक शो २०१८ मा ForwardX Robotics नामक चिनिया रोबोटिक्स कम्पनीले तयार पारेको CX-1 नामक शुटकेस सार्वजनिक गरिएको हो ।

आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको सहायताले उक्त सुटकेस बनाइएको हो । रोबोटिक्स टेक्नोलोजीमा आधारित यस सुटकेसले आफ्नो मालिकको अनुहार पहिचान गरेर पछ््याउन सक्दछ ।
जसमा ४ वटा पांग्रा, १७० डिग्री वाइड एंगल क्यामरा तथा पोजिशनिङका लागि लाइडर जडान गरिएको छ । यसले आइडेन्टिफिकेसन तथा ट्रयाकिङ्ग एल्गोरिदमको प्रयोग गरी मानिससँगै गुड््छ ।
योसँगै एउटा यस्तो ब्रासलेट पनि छ, जसले यसमा हुने गडबडी तथा सुटकेसले बाटो बिराएको अवस्थामा सूचित गर्दछ ।
यसमा एक ब्याट्री पनि हुन्छ जसलाई मोबाइल चार्जिङका लागि समेत प्रयोग गर्न सकिन्छ । यदि तपाईंले गल्तीले आफ्नो सुटकेस कतै छाड््नुभयो भने पनि सूटकेसले तपाईंलाई भुल्नेछैन र पछि पछि हिड््नेछ । आफूसँगै यसलाई हिडाउनका लागि कुनै बटन दबाउनु पर्दैन तपाईंको अनुहार तथा चाललाई पहिचान गरी पछि पछि गुड््दछ ।
अहिले यो सुटकेसको परिक्षण चलिरहेको र बजारमा कहिले आउने बारेमा कुनै टुंगो लागिनसकेको बताइएको छ ।

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com