दोब्बर लागत तयार भएको चमेलियाले माघ ६ देखि उत्पादन थाल्ने

२७ पुस काठमाडौं । १० वर्ष अघिबाट निर्माण थालिएको ३० मेगावाटको चमेलिया जलबिद्युत आयोजनाले माघ ६ गते शुक्रबारदेखि विद्युत उत्पादन थाल्ने भएको छ । नियमित उत्पादन माघको ६ गतेबाट थाल्ने भएपनि शुक्रबार यसबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोड््न लागिएको हो ।
सन् २००७ मा निर्माण सुरु गर्दा यो आयोजना ८ अर्बमा निर्माण गर्ने भनिएको थियो । तर समयमै निर्माण सम्पन्न गर्न नसक्दा यो आयोजनाको लागत दोब्बरले बढेर १५ अर्ब पुग्न गएको छ ।

यस जलविद्युत आयोजनामा १५ मेगावाटका २ वटा युनिट छन् । अर्काे युनिट भने अबको १ महिनापछिबाट मात्रै सञ्चालन आउनेछ ।
६ दिनको लोड रिजेक्सन र ३ दिनको रिलायबिलिटी टेस्ट गरेपछि यसले नियमित उत्पादन थाल्नेछ ।
दार्चुलाको शिखर गाविसमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाको निर्माणमा लेखा समितिले भ्रष्टाचार भएको आशंका गर्दै काम रोक्न निर्देशन दिएको थियो । जसका कारण एक वर्ष यसको निर्माण रोकिन पुगेको थियो ।

कुल ६ सय ११ मिटर सुरुङ खनेको समयमा २ सय ३२ मिटर भने खुम्चिएको थियो । संसदको सार्वजनिक लेखा समितिले भेरियसन मूल्यांकनमा भ्रष्टाचार भएको भन्दै बीचैमा काम रोक्न निर्देशन दिएको हो ।

सन् २०१५ को फेब्रुअरी १० देखि बन्द भएको सुरुङ मर्मतको काम सन् २०१६ को सेप्टेम्बर २८ बाट मात्रै सुरु भएको थियो ।

यो आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको छ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com