हेर्नुहोस माघ २ गतेदेखि काठमाडौंका यी ठाउँमा गाडी गुडाउन पाइँदैन

काठमाडौंका मुख्य भित्री शहर (कोर सिटी एरिया) माघ २ गतेदेखि पांग्रे  र त्योभन्दा ठूला सवारी प्रवेश निषेधको घोषणा गरिएको छ । कतिपय सडकहरुमा वान-वे सिस्टम लागू हुँदैछ । ठमेल र पशुपतिनाथ क्षेत्रपछि अब असनसतिहको भित्री शहरमा चारपांग्रे र त्यो भन्दा ठूला गाडी प्रवेश गर्न निषेध गरिँदैछ । भित्री शहरमा सवारीको चापले परेको असरहरु कम गर्न चारपांग्रे गुडाउन लगाउन लागिएको काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए । अाज पत्रकार सम्मेलन नै अायोजना गरेर यो जानकारी दिइएको हो । माघ २ गतेबाट इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिंह, ज्याथाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट बन्टुमा चार पांग्रे सवारी चल्न पाउने छैनन् । भोटाहिटीबाट असनचोकसम्म दुवैतर्फी सडकमा चार पाङग्रे सवारी चलाउन पनि पाइने छैन ।

नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म वान-वे गरिएको छ । टेंगालबाट बाङ्गेमुढा हुँदै भेडासिंह, इन्द्रचोक पनि एकतर्फी गरिएको छ । क्षेत्रपाटीबाट ठहिटी हुँदै नघःल बांगेमुढा भेडासिंह हुँदै इन्द्रचोकसम्म वान-वे गरिएको छ । काठमाडौं महानगरपालिकाका वडा नं १७, १८, १९, २२, २४, २५ र २७ लगायतका भित्री शहरमा चारपांग्रे सवारी निषेधको घोषणा भएको हो । दुईपांग्रे सवारीलाई भने यो नियम लागू गरिएको छैन । नियम नमान्ने सवारी चालकलाई ५ सय देखि १ हजार रुपैयाँसम्म जरिवना लगाउने ट्राफिक प्हरीले जनाएको छ

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com