नेपाली टोलीले हासिल गरेको सफलताले नेपालकै शीर उचो बनाएको ठहर गर्दै सरकारले नेपाली क्रिकेट टोलीलाई सम्मान गर्दैछ ।
विश्व क्रिकेट लिग डिभिजन टू को उपविजेता बन्दै विश्वकपको छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई सरकारले आज नगद पुरस्कारसहित सम्मान गर्ने भएको हो ।
सरकारले क्रिकेट टोलीका सदस्यलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे क्रिकेट टोलीलाई बालुवाटारमा नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
नेपाली टोली विश्वकपको छनोट खेल्न शनिबार जिम्बाबे जाँदैछ ।

English
MTV NEPAL MTVNEPAL


