एमाले स्थायी कमिटीको बैठक शुक्रबार बस्दैछ । पार्टी एकता, सरकार विस्तार लगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहिबेरमा शुरु हुने बैठकमा मन्त्रीपरिषद विस्तारसँगै मन्त्री बन्नेहरुको नामबारे छलफल हुनेछ । माओवादी केन्द्रसँग मन्त्रालय बाँडफाँडबारे लगभग भइसकेकाले आफ्नो भागमा परेका मन्त्रालय सम्हाल्ने मन्त्रीहरुको नाम टुंगो लगाएर आजै मन्त्रीपरिषद विस्तार गर्ने सम्भावना पनि रहेको एमालेका नेताहरुले बताएका छन् ।
एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री तथा मन्त्रीपरिषदसहित १८ वटा मन्त्रालय राख्ने तथा एमालेले ११ र माओवादीले ७ वटा मन्त्रालय पाउने मोटामोटी सहमति भईसकेको छ । तर संघीय समाजबादी फोरम पनि सरकारमा आउन सकारात्मक भएकाले फोरमलाई दुई वा तीन मन्त्रालय दिनुपर्ने भए त्यसै अनुसार मन्त्रालय बाँडफाँट गर्न एमाले र माओवादी सहमत छन् ।
एमाले स्थायी कमिटी बैठकमा सङ्घीय समाजवादी फोरमलाई सरकारमा ल्याउने र माओवादीसँगको पार्टी एकताका बाँकी काम लगायतका विषयमा पनि छलफल हुने एमालेका नेताहरुले बताएका छन् ।

English
MTV NEPAL MTVNEPAL


