१९ माघ, काठमाडौं । दक्षिण अफ्रिका सँगको एक दिवसीय क्रिकेटको पहिलो म्याच भारतले ६ विकेटले जितेको छ । भारतको जितमा कप्तान विराट कोहलीले शतकीय पारी खेल्दै ११२ रन बनाए । अन्तर्राष्ट्रिय वनडे म्याचमा कोहलीको यो ३३ औं शतक हो ।
दक्षिण अफ्रिकाको डरबानमा २७० रनको लक्ष्य भारतले ४५ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटाएको हो ।
भारतको लागि अजिंक्य रहाणेले ७९ रनको योगदान गरे । ४३ ओभरमा रहाणे र ४५ ओभरमा कोहली फेहलुकवायोको बलमा क्याचआउट भए । सातौं ओभरमा पहिलो विकेटको रुपमा रोहित शर्मा २० रन बनाउँदै आउट भएका थिए ।
दक्षिण अफ्रिकाका फेहलुकवायोले दुई र मोर्ने मर्केलले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २६९ रन बनाएको थियो । फाफ डुप्लेसिसले १२० रनको शतकीय पारी खेले । डुप्लेसिसका अलावा क्रिस मोरिसले ३७ र क्विन्टन डिकाकले ३४ रन बनाए ।

English
MTV NEPAL MTVNEPAL


