खेलकुदको विवाद हेर्ने अन्तराष्ट्रिय अदालत कोर्ट अफ आर्बीटेशन फर स्पोर्ट्स (कास) ले रुसी खेलाडी माथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।
रुसका २८ खेलाडीमाथि लगाइएको आजिवन प्रतिबन्ध फुकुवा गरेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका केही पदाधिकारीहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।
अदालतले डोपिङ प्रकरणमा दोषी भनिएका यी खेलाडीहरु विरुद्धको प्रमाण पर्याप्त नभएको भन्दै अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीको निर्णय उल्टाईदिएको हो ।
यसैप्रति लक्षित गर्दै आईओसीका एक बेलायती सदस्य एडम पेन्गीलीले कासको निर्णय विश्व खेलकुदका लागि लाजमर्दो भएको प्रतिक्रिया दिएका हुन् ।
यो प्रकरणमा अन्तराष्ट्रिय अदालत सही निर्णय गर्नबाट चुकेको उनको आरोप छ ।
सन् २०१४ मा रुसको सोचीमा भएको शितकालिन ओलम्पिकमा रुसी खेलाडीहरुले राज्यदारा प्रायोजित डोपिङ लिएको भन्दै आईओसीले ४३ खेलाडीमाथि आजिवन प्रतिबन्ध लगाएको थियो ।

English
MTV NEPAL MTVNEPAL


