२८ मंसिर । सिरहाको लहान नगरपालिका १ स्थित सहिद चोकमा आज दिउँसो बम विस्फोट भएको छ । विस्फोटमा परि एक जना गम्भिर घाईते भएका छन् । करिब पौने १ बजेतिर सहिद चौक स्थित रहेको एक साईकल स्टोर अगाडि एक अपरिचित व्यक्तिले थोत्रो साईकल छाडेर गएको केही छिनमा ठूलो विस्फोट भएको हो । साईकलको सिट मुनी राखिएको बम विस्फोट हुंदा एक मोटरसाईकल चालक घाईते भएका छन् । साईकल बम विस्फोट हुंदा नजिकै रहेको स. २ प. ७४८० नम्बरको मोटरसाईकलमा सवार सप्तरीका बनरझुला निवासी प्रमेश्वर चौधरी गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते चौधरीको हात र पिठ्युमा गम्भिर चोट लागेको छ भने उपचारको लागि लहान अस्पतालमा भर्ना गरिएको लहान प्रहरीले जनाएको छ । बम कसले किन पड्काएको हो हालसम्म कसैले जिम्मा लिएको छैन ।

English
MTV NEPAL MTVNEPAL


