परीक्षा रद्द गर्न विद्यार्थीको माग, विश्वविद्यालयमा तोडफोड

२८ मंसिर । परीक्षा रद्द गर्न माग गर्दै विद्यार्थीहरुले बिहीबार मोरङ, गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा तोडफोड गरेका छन् ।विद्यार्थीले जीपी कोइराला कलेज अफ कृषि संकायको कार्यालयमा तोडफोड गरेका हुन् । आन्दोलित विद्यार्थीले कार्यालयको झ्यालको सिसा तोडफोड गर्नुका साथै क्याम्पस प्रमुख अजयकुमार शाहको कुर्सीसमेत जलाएका छन् ।

विश्वविद्यालयले लिएको एग्रो मेट्रोलोजी एन्ड क्लाइमेट चेन्ज विषयको परीक्षाको प्रश्नपत्र आउट गरिएको भन्दै पुनः परीक्षाको माग गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँमा उनीहरु अध्ययनरत् थिए । यस विषयमा ४७ विद्यार्थी अध्यायनरत् छन् । क्याम्पस प्रमुख अजयकुमार शाहले विद्यार्थीको आन्दोलनकाबारेमा आफूले बुधबार नै उपकुलपति र डीनलाई जानकारी गराइसकेको जानकारी दिए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com