उच्च अदालतका ८० जना न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ पुुस ६ गतेलाई सर्यो

२८ मंसिर । सर्वोच्च अदालतले उच्च अदालतका ८० जना न्यायाधीशको नियुक्तिसम्बन्धी विवादको सुनुवाइ हेर्दाहेर्दैमा आगामी पुस ६ गते तोकेको छ । न्यायाधीश ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासमा बिहीबार सुनुवाइका लागि समय नभ्याइएको हुँदा हेर्दाहेर्दैमा राखिएको हो ।

यसअघि यही मंसिर १४ गते सुनुवाइ नसकिएपछि बिहीबरका लागि निर्णय सुनाउने दिन तोकिएको थियो । गत वर्ष पुस २९ गते राति उच्च अदालतका न्यायाधीशको नियुक्ति गर्दा प्रक्रिया नपुर्‍याई दलगत स्वार्थका आधारमा गरिएको जिकिर गर्दै सरकारी वकिल कार्यालयका नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेल, अधिवक्ता डिलहरि शर्मा, प्रकाशकुमार काफ्ले, सुरेन्द्रप्रसाद यादव र तोयानाथ ढुंगानाले रिट निवेदन दायर गरेका थिए ।

न्यायपरिषद्का तत्कालीन दुई सदस्य वैद्यनाथ उपाध्याय र रामप्रसाद सिटौलाको अनुपस्थितिमै न्यायाधीशका लागि नाम सिफारिश भएको थियो । तत्कालीन परिषद् अध्यक्ष प्रधानन्यायाधीश सुशीला कार्की तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायक र परिषद् सदस्य पदमप्रसाद वैदिक मात्र बैठकमा उपस्थित भएको हस्ताक्षर थियो

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com