सिरियामा अमेरिकी सेनाद्वारा २३ जना सर्वसाधारण मारिए

२८ मंसिर । सिरियाको पूर्वी प्रान्त देइर इजोर प्रान्तमा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी कम्तीमा २३ सर्वसाधारणको मृत्यु भएको मानव अधिकारवादी संस्थाले जनाएको छ । आइएइस लडाकूको नियन्त्रणमा रहेको एक गाउँलाई लक्षित गरिएको यस कारबाहीमा परी मारिएका सर्वसाधारणमा ८ बालबालिका र ६ महिला रहेका ‘सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले जानकारी दिएको छ । प्रत्यक्षदर्शी अब्जरभेटरीकै एक सदस्यका अनुसार मारिएका ती सर्वसाधारण एकै भवनमा लुकेर बसेका संयुक्त परिवारका सदस्य रहेका थिए ।

सिरियामा आइएसले नियन्त्रण गरेको इलाकाहरुमा अमेरिकाआवद्ध सुरक्षाबलले कारबाही गर्ने क्रममा सर्वसाधारणको ज्यान जाने गरेको छ । सन् २०१४बाट सिरिया र इराकभरी अमेरिकाआवद्ध सेनाको हवाई कारबाहीमा परी ८०१ सर्वसाधारणको मृत्यु भइसकेको छ   सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । सो गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आतंककारी समूहको पनि संलग्नता बढ्दै गएको बताइन्छ । जारी यस द्वन्द्वमा परी सन् २०११ देखि हालसम्म ४ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com