रास्वपाले विवादित एम्बुलेन्स फिर्ता ग¥यो,,ब्लु बस पनि मनपरि रंगाएको पाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपाले गैरकानूनी रुपमा ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सलाई रंग परिवर्तन गरी ‘मोबाइल क्लिनिक’का रुपमा सञ्चालन ल्याएको थियो । रास्वपाका सभापति रवि लामिछाने चितवन– २ बाट दोस्रो पटक विजयी भएको एकसय दिनका अवसरमा साउन १७ गतेदेखि मोबाइल क्लिनिक सञ्चालनमा ल्याइएको थियो ।
सेतो रङको विवरणसहित दर्ता भएको एम्बुलेन्स गैरकानुनी रूपमा रङ परिवर्तन गरी प्रयोगमा ल्याइएको थियो । अहिले एम्बुलेन्सलाई पहिलाकै रंगमा बदल्न वर्कसपमा पठाइएको बरालले बताए ।
यसैबिच रवि लामिछानेले नै सञ्चालनमा ल्याएको महिलाहरुका लागि निशुल्क भनिएको “ब्लु बस ”मा पनि मनपरि गरेको पाईएको छ । यातायात विभागको अनुमति बेगर आफ्नै पार्टीको रङ्ग झल्काउने गरि कलर गरेको भन्दै विवाद उत्पन्न भएको छ । यो मात्रै होईन लामिछानेले गरेका प्राय काम नियमविपरित नै हुन्छन् । अब नेपालको कानुन रवि लामिछानेलाई चाँहि लागु नहुने रैछ भनेर आवाज उठ्न थालेको छ ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com