बागमतीमा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार उद्योग तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । ७ जेठमा शपथ लिएका चित्रकार झण्डै साढे दुई महिना विना विभागीय थिए । तर आइतबार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरेर थपिएको उद्योग तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी चित्रकारलाई दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले बताएको छ । मन्त्रालय टुक्राएसँगै बागमतीमा १२ मन्त्रालय पुगेको छ । कांग्रेसका पुकार महर्जनले सम्हालिरहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाएर चित्रकारलाई जिम्मेवारी दिइएको हो ।
चित्रकार कांग्रेसका संसदीय दलका उपनेता समेत हुन् । बैचारिक स्वतन्त्रतालाई विश्वास गर्ने उनी पार्टीसँग आस्था राख्ने सम्पुर्णले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने धारणा राख्थ्ये । बिना विभागिय हुँदा कुन मन्त्रालयको आकांक्षी हुनुहन्छ भन्ने पत्रकारको प्रश्नमा उनि संधै आफुले पार्टीको निर्णयलाई नै आत्मसाथ गर्ने बताउने गर्दथ्ये ।।

English
MTV NEPAL MTVNEPAL


