हाम्रो देश नेपाल जो विश्वमै हिन्दु राष्ट्र भनेर पहिचान बोकेको छ । समयको बदलावसंगै मानिसहरुको सोचमा परिवर्तन आएपनि अझैं पनि देशको अधिकांश जनसंख्या हिन्दु धर्ममै आस्थावान छ । नेपालका विभिन्न ठाउँमा अवस्थित धार्मिकस्थलहरु देशमा मात्रै नभई विश्वै प्रख्यात छन् । केही ठुला जिल्लाहरु त मठमन्दिरकै नामले परिचित छन् ।
तर पछिल्लो समय यस्तो बिशाल पहिचान बनाएको धर्मको पहिचान मेटाउनका लागि विभिन्न सांगठनिक तत्वहरुनै लागेको देखिन थालेको छ । धर्मको नाममा गलत प्रचारप्रसार गर्ने , एउटै समाजका मानिसहरुबिच विवाद सृजना गर्दै नेपालबाट हिन्दु धर्मको वर्चश्व नै धरापमा पार्नको लागि गिरोह नै सक्रिय भएको देखिन्छ । एकाएक अनेअनेक धर्महरु मान्ने मानिसहरुको संख्या दिनँहु बढ्दै गएको देखिन्छ । कुनै ठाउँलाई टाग्रेट बनाउने सो ठाउँमा विस्तारै विस्तारै आफु जस्तै व्यक्तिहरुको संख्या बढाउने र हिन्दु धर्मको गलत प्रचारप्रसार गरि सो ठाउँलाई नै आफ्नो छुट्टै धार्मिक अड्डा बनाउने गरेको देखिएको छ ।
विशेष गरि नेपालमा अहिले क्रिश्चियन, मुस्लिम लगायतका धर्म मान्ने मानिसहरुको संख्या पहिलेको भन्दा तिब्र गतिमा बढेको देखिन्छ । समाजमा रहेका निम्न वर्गहरु उनिहरुको मुख्य केन्द्र बन्ने गरेका छन् । शिक्षाको नाम ,रोजगारको नाम दिएर उनिहरुलाई सहयोग गरेको जस्तो गर्ने ,छोराछोरीको पढाईका नाममा सहयोग गरेर उनिहरुको मन जित्दै आफ्नो धर्म मान्न प्रेरित गर्ने गिरोह अहिले नेपालमा सक्रिय छ । पहिला खान पाएपछि पो भगवानको आश्ता खाली पेटले कसरी आस्था राख्नु सक्नु र ? यहि कुरालाई मुख्य आधार बनाउँदै प्रलोभनमा पार्दै धर्म परिवर्तन गर्न लगाई नेपालको हिन्दुराष्ट्रको पहिचान मेटाउनमा लागि परेको छ सो गिरोह ।
यो सबैलाई यावद भएको कुरा हो नेपालमा पहिले कहिल्यै पनि धर्मको नाममा कलह, वादविवाद , आतंक , झैभगडा हुदैंन थियो । अनेकौ जातजाती ,भाषाभाषी ,धर्म संस्कृति भएपनि सबैजनामा सहिष्णुता थियो । एकअर्का प्रति सम्मान थियो । विश्वमै नेपाल शान्ति राष्ट्रका रुपमा परिचित थियो तर अहिले धर्मकै नाममा विभिन्न कलह सृजना हुन थालेकोे छ । धर्मकै कारण समाजमा एक धर्म मान्ने व्यक्तिले अर्को धर्म मान्ने व्यक्तिलाई होच्याउने ,कलह गर्ने गरेका छन् ।
पछिल्लो समय धरान घटना पनि नेपालमा धार्मिक आतंक कसरी बढ्दै छ भन्ने ठुलो प्रमाण हो । धरानको एक मन्दिर कै अगाडि चर्च बनेपछि त्यहाँ अहिले चर्को धार्मिक विवाद उत्पन्न भएको छ । सयौं वर्ष पुरानो इतिहास बोकेका धरानका चर्चित शक्तिपीठ जाने बाटोमा पर्ने बिजयपुर डाँडामा इसाइ धर्मालम्बीहरुले चर्च बनाएपछि विवाद भएको हो । पार्टी प्यालेस बनाउने भनेर अन्तमा चर्च बनाएको भन्दै हिन्दु धर्माबलम्बीले चर्च हटाउनुपर्ने माग राख्दै आईरहेका छन् । स्थानीयस्तरमा समाधानका लागि कुनै पनि ठोस पहल गरिको छैन ।
धरान उपमहानगरपालिकाबाट पूर्व स्वीकृति नलिई चर्च बनाएका इसाई समाजका अगुवाहरु रक्षात्मक देखिएका छन् । यता पार्टी प्यालेस भनेर निर्माण गरिएको भवनलाई निर्माण सम्पन्न भएपछि चर्च बनाइएपछि विभिन्न धार्मिक संस्थाहरुले यसको विरोध गरेका छन् । ओम शिवशक्ति कल्याणी केन्द्र धरानका अध्यक्ष विपिन कार्कीले ‘सुरुमा पार्टी प्यालेस भनेर बनाउन सुरु गरिएकोमा पछि एक्कासी चर्च बनाइएकाले पहिले जे भनेर बनाउने भनेर भनिएको थियो सोहि बनाउन आग्रह गरे । मन्दिरको गेट अगाडि चर्च बनाएकाले यसले द्वन्द्व निम्त्याउने स्थानियहरुले चेतावनि दिईरहेका छन् ।
यसबाट प्रष्टै हुन्छ कि नेपालमा धार्मिक द्धन्दको आगो कसरी दन्किदै छ । हो सबै धर्मको आफ्नै मुल्य मान्यता हुन्छ । हामीले सबै धर्मको सम्मान गर्नु पर्छ तर के एउटा ऐतिहासिक मन्दिर अगाडि चर्च बनाउनु राम्रो हो त ? यसले हिन्दुधर्मावलम्बिहरुको आस्थामाथि ठाडै प्रहार भएको होईन ? के यसले नेपालको इतिहासलाई विदेशी एजेन्टले मेट्न खोजेकोे प्रष्ट्याउदैन ? यस विषयमा हामी जनता नै सचेत हुनु पर्दैन ?

English
MTV NEPAL MTVNEPAL


