भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ ।बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै नपाएको उनले बताए । उनका अनुसार तरकारी बजारका ४ सयमध्ये ३७० वटा पसलमा बाढी पसेको छ ।
यस्तै भारी वर्षाका कारण काठमाडौंको ढुंगेधारा क्षेत्र पनि डुबानमा परेको छ । काठमाडौंमा सोमबारदेखि नै अविरल वर्षा भएपछि विभिन्न क्षेत्रमा डुबान भएको हो । यहाँका सामाखुसी, बसपार्कको विष्णुमतिलगायतका क्षेत्रमा डुबान भएको छ । विष्णुमति, वाग्मती र धोबीखोलामा पानीको बहाव उच्च छ । काठमाडौं उपत्यकामा रातभर भारी वर्षा भएको थियो । वर्षाले नदी र खोलाहरुमा बाढी आएको हो । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको थियो ।।

English
MTV NEPAL MTVNEPAL


