जन्मदाता बुवाआमालाई जिवित देविदेउता मान्ने समाजमा अहिले अनेकौ अप्रत्याशित घटना घट्न थालेका छन् । बाबुआमाको निर्णय नै शिरोधार्य गर्न हाम्रो समाजमा अहिले आफ्नै जन्मदाताको समेत हत्या गर्न पछि पर्दैनन् सन्तान । यस्तै डरलाग्दो घटना सल्यानमा भएको छ । सल्यानमा छोराले आफ्नै आमाको हत्या गरेका छन् । शारदा नगरपालिका–१३ सल्यानचौरका २३ वर्षीय नवीन भण्डारीले आफ्नि ४८ वर्षीया आमा शारदाको लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दामोदर केसीले जानकारी दिए । अहिले आरोपित प्रहरीको नियन्त्रणमा छन् ।
आफ्नै घरको दोस्रो तलामा सुतिरहेकी आमा शारदालाई आज बिहान चार बजेतिर नवीनले लाठी प्रहार गरेर मारेका हुन् । बुवाआमा सुतिरहेको समयमा छोराले आमालाई मात्रै लाठी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । भाई भारतमा छन् भने घरमा रहेको नवीन जेठा छोरा हुन् ।
आफ्नै वरपर त्यस्तो डरलाग्दो घटना घटेपछि स्थानिय त्रसिद बनेका छन् । यसले हाम्रो समाज कुन दिशा तर्फ जाँदैछ भन्ने भान गराउँदैछ । हाम्रो समाज कति हिसं्रक बनिरहेको छ र मानिसमा कति अमानवियताको गुण भरिरहेको छ भन्ने देखाउँदैछ ।।

English
MTV NEPAL MTVNEPAL


