२३ पुस, काठमाडौं । १६औं राष्ट्रिय महिला फुटबल अन्तर्गत सुपरलिगका खेलहरु आजबाट सुरु भएका छन् । जारी खेलमा दुई बिभागीय टोलीहरु त्रिभुवन आर्मी र नेपाल पुलिसबीच प्रतिस्पर्धा भइरहेको छ ।
राखेप च्याम्पियनसिप अन्तर्गत आयोजना गरिएको महिला फुटबलमा सहभागी आठमध्ये दुई समूहका शीर्ष दुई दुई टोलीले सुपरलिगमा स्थान बनाएका थिए ।
सुपर लिगको पहिलो खेलमा अहिले समूह ए को उपबिजेता आर्मी र समूह बी को बिजेता नेपाल पुलिसबीच प्रतिस्पर्धा भइरहेको हो ।
सुपरलिगमा सबै टोलीले एक अर्कासँग खेल्नेछन्। आजै हुने दोस्रो खेलमा बिभागीय टोली एपिएफ र सुदूपश्चिम बिकास क्षेत्रको टोली भिड््दैछन् ।

English
MTV NEPAL MTVNEPAL


