बुधबार, १९ पुष, २०७४ मा प्रकाशित,
काठमाडौं, पुस १९ । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले वाट््फोर्डलाई ३–१ ले हराएको छ ।
खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लिङ र सर्जियो अगुएरोले एक–एक गोल गर्दा वाट््फोर्डका क्रिश्चिय काबासेलीले एक आत्माघाति गोल गरे । पराजित टोलीका लागि एन्डी ग्रे ले एक सान्त्वना गोल गरेका थिए ।
जितसँगै म्यानचेस्टर सिटीले १५ अंकको अग्रता कायम गरेको छ ।
प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट््सपरले स्वान्सी सिटीलाई २–० ले पराजित गर्यो । गएराति भएका अन्य खेलमा क्रिष्टल प्यालेसले साउथह्याम्पटनलाई २–१ ले हराउँदा वेष्ट ह्याम युनाईटेडले वेष्ट ब्रोममाथि २–१ कै जित निकालेको छ ।
गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा २२ खेलबाट ६२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ ।
समान खेलबाट ४७ अंक जोडेको म्यान्चेस्टर युनाइटेड दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको चेल्सी ४५ अंकसहित तेस्रो स्थानमा छ ।

English
MTV NEPAL MTVNEPAL


