सभापतिको कुर्सी ताक्दै शेखर कोइराला, यस्ता छन् अभिव्यक्ति

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफू पार्टीको नेतृत्व चलाउन लायक भइसकेको बताएका छन्। चुनावमा नेपाली काँग्रेसको पराजय, संघीय संरचनामा पार्टीलाई लग्नुपर्ने तयारी र नयाँ नेतृत्वको लागि केन्द्रीय समितिको बैठक त्यसपछि महाधिवेशनको टुंगो लाग्ने बताउँदै बुधबार विराटनरस्थित कोइराला निवासमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा कोइरालाले भने,‘ म नेतृत्व लिन लायक भइसकेको छु। पदीय जिम्मेवारी लिएर अब अघि बढ्न तयार छु।’

कोइरालाले आफू पार्टीको सभापतिको तयारी स्वरुप अब हुने जिल्ला अधिवेशन तथा पार्टीका कार्यकर्ताको मनोभाव बुझ्न देश दौडाहामा निस्कने पनि बताए। उनले भने,‘मुलुक संघीयतामा गई सकेपनि नेपाली काँग्रेसको संगठन संघीयतामा नगएकोले अब त्यसतर्फ जान पनि सम्पूर्ण काम गर्न बाँकी छ।’

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com