मड्रिडद्धारा रियाल बोटिस पराजित, बार्सिलोना सँग मड्रिडको अंकदुरी कम

गएराति रियाल बेटिसको मैदानमा भएको स्पेनिस लिग फुटबलमा रियल मड्रिडले रियाल बेटिसलाई ५÷३ ले हराएको छ ।

रियाल मड्रिडको जितमा मार्को एसेन्सियोले दुई गोल गर्दा सर्जियो रामोस, क्रिस्टियानो रोनाल्डो र करिम बेन्जमाले एक–एक गोल गरे ।

पराजित टोली रियाल बेटिसका मान्डी र लियोनले एक–एक गोल गर्दा रियाल मड्रिडकै नाचोले एक आत्माघाती गोल गरेका थिए ।

ला लिगाअन्तर्गत गएराति भएका अन्य खेलमा एथ्लेटिको मड्रिडले एथ्लेटिक बिल्बाओलाई २÷० ले हराउँदा रियाल सोसीडाडले लेभान्तेलाई ३÷० ले पराजित र्गयो ।

ईस्पानियोल र भियारियालले भने एक–एक गोलको बराबरी खेलेका छन् ।

गएरातिका खेलपछि ला लिगाको अंक तालिकामा रियाल मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दुरी घटाएर १७ अंकमा सिमित गरेको छ ।

लिगमा २३ खेलबाट ४५ अंक जोडेको रियाल मड्रिड चौथो स्थानमा छ भने एक खेल बढी खेलेको बार्सिलोना ६२ अंकसहित शीर्ष स्थानमा छ । ५५ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा तथा ४६ अंकको साथ भ्यालेन्सिया तेस्रो स्थानमा छ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com