अार्इएस लडाकुको निशानामा रूसको चर्च, पाँचको मृत्यु

मस्कोः रूसको एक चर्चमा हतियारधारी व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ। रूसको दागेस्तान राज्यको अर्थोडक्स चर्चमा ती हतियारधारी व्यक्तिले अन्धाधुन्ध गोली चलाएका थिए।

संघीय स्वास्थ्य मन्त्रालयका प्रवक्ता जालिना मुर्तजालिएइभाले घटनामा पाँच जना मारिएको पुष्टि गरेकी छन्।

हतियारसहित चर्चमा ती हतियारधारीले ‘अल्लाहु अकबर’ भन्दै चिच्याउँदै गोली चलाउन थालेको चर्चका पादरीलार्इ उल्लेख रूसी समाचार एजेन्सी तासले जनाएको छ।

घटनामा ती अाक्रमणकारी समेत मारिएका छन्। चर्चको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले उनलार्इ गोली हानेका थिए। दागेस्तानकै २२ वर्षे युवा खालिद कालिलोभले किजल्यार शहरको चर्चबाट आइतबार बेलुकाको प्राथना सकेर निस्केका मानिसलाई लक्षित गरी एक अन्धाधुन्ध गोली चलाएको प्रवक्ताले जानकारी दिएकी छन्।

यसैबीच अाक्रमणको जिम्मा इस्लामिक स्टेट अाइएसले लिएको छ। अामक न्यूज एजेन्सीमा पहिलो बुलेटिन प्रकाशित गर्दै अार्इएसले अाक्रमणको जिम्मा लिएको समाचारमा उल्लेख छ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com