खोटाङ, माघ ७ – हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका रुद्र राईका १४ वर्षे छोरा किरण राईको शव १० दिनपछि फेला परेको छ ।
दूधकोशी र सुनकोशीको संगमस्थल नजिकै जोर्तीघाटबाट ट्यूब चढेर नदी तर्नेक्रममा पुस २७ गते बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईका १४ वर्षीय छोरा किरण राईको शव छिमेकी वडा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको राईघाट नजिक कुमालटार जाने बाटोमा फेला परेको हो ।
शनिबार शव भेटाएपछि शव दाहसंस्कार गरिसकेको जानकारी आएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । कक्षा ९ मा अध्ययनरत बालक नदीकोबिचमा पुगेपछि ट्यूबबाट पल्टिएर बेपत्ता भएका थिए ।

English
MTV NEPAL MTVNEPAL


