आर्सनलको शानदार जित

माघ ७ – इंग्लिस प्रिमियलर लिगमा लगातार तीन खेल खेलेको आर्सनलले जित बिहीन यात्रा टुंग्याएको छ ।


लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सेन वेङ्गरको टिम आर्सनलले क्रिष्टल प्यालेसलाई ४–१ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनलले चारै गोल पहिलो हाफमा गरेको हो । छैटौँ मिनेटमा नाचो मोनरियलले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । १० औँ मिनेटमा इवोबीले गोल गर्दै अग्रता दोब्बर पारे । १३ औँ मिनेटमा लोरेन्ट कोशिएल्नी तथा २२ औँ मिनेटमा एलेक्सान्ड्र लाकाजेटीले गोल गरेपछि आर्सनलले पहिलो हाफमा ४–० को अग्रता लियो । ७८ औँ मिनेटमा मिलिवोजेविकले क्रिष्टल प्यालेसका लागि एक गोल फर्काए पछि आर्सनल ४–१ ले विजयी भयो ।

जितपछि छैटौँ स्थानको आर्सनलको २४ खेलबाट ४२ अंक भएको छ । उ पाँचौँ स्थानको टोटनह्याम भन्दा दुई अंकले पछि रहेको छ । राति नै भएका अरु खेलमा लेस्टर सिटीले वाट्फोर्ड तथा स्टोक सिटीले हडर्ल्सफिल्डलाई समान २–० ले हरायो । यस्तै वेष्ट ह्याम र बोर्नमाउथ तथा एभर्टन र वेष्ट ब्रोमले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com