बंगलादेशलाई हराउँदै भारत यू १९ विश्वकप क्रिकेटको सेमिफाइनलमा

 भारतको यू १९ क्रिकेट टोली १९ बर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । न्यूजिल्याण्डमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा बंगलादेशको यू १९ टोलीलाई १ सय ३१ रनको फराकिलो अन्तरमा पराजित गर्दै भारतको यू १९ टोलीले सेमिफाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९.२ ओभरमा सबै विकेट  गुमाउँदै २ सय ६५ रन बनाएको थियो । भारतका लागि सर्वाधिक रन शुभम गिलले बनाएका थिए । गिलले ९४ बलमा ९ चौकाको मद्दतमा ८६ रनको योगदान गरे। त्यस्तै अभिशेक शर्माले ४९ बलमा ५०, कप्तान पृथ्वी शले ५४ बलमा ४० र एचएम देसाईले ४८ बलमा ३४ रन बनाए।

भारतलाई २ सय ६५ रनमा समेटन बंगलादेशका क्वाजी ओनीकले ३, नयीम हसन र सइफ हसनले २–२ तथा रोबिउल हक र हसन महमदले १–१ विकेट लिए। भारतले प्रस्तुत गरेको २ सय ६६ रनको लक्ष्य पछ्याएको बंगलादेश ४२.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३४ रनमै समेटिएपछि भारतले फराकिलो जित निकालेको हो। बंगलादेशका लागि  पिनाक घोषले सर्वाघिक ४३ रन बनाए। त्यस्तै अफिफ हसनले १८, रोबिउल हकले १४, मोहमद नइम र कप्तान सइफ हसनले १२/१२ रन बनाए। बंगलादेशलाई सस्तैमा समेट्न भारतका कमल नगरकोटीले ३, अभिशेक शर्मा र शिभम मावीले २–२ तथा अनुकुल रोयले १ विकेट हात पारे। अब भारतले सेमिफाइनलमा पाकिस्तानसँग खेल्नेछ। पाकिस्तानले दक्षिण अफ्रिकालाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com