‘नो भोट’ ले पुरा गरायो तिङ्लाबासीको सपना

लामो समय देखि आन्दोलनमा रहेको सोलुखुम्बुको तिंलालाई  सोलु–दुधकुण्ड नगरपालीकामा गाभिएको छ। बिहीबार राती अबेर सम्पन्न मन्त्रिपरिषद बैठकले साविकको तिंला गाविसलाई सोलु–दुधुकण्ड नगरपालीकामा मिसाउने निर्णय गरेसँगै तिंलावासीको माग पुरा भएको हो। यस अघि स्थानीय तहको सीमाङकनको क्रममा तिंलालाई नेचा सल्यान गाउँपालीकाको वडा नम्बर ६ कायम गरिएको थियो। तिंलाबासीलाई सरकारले न्याय गरेको संघर्ष समितीका संयोजक बाल कुमार कार्कीले बताए। आफुहरुलाई अपायक स्थानमा गाभिएको भन्दै विगत लामो समयदेखि तिंलाबासी आन्दोलित थिए। नेचा सल्यान गाउँपालीकाको केन्द्र नेचा जानुभन्दा नगरपालीकामा नै आउन पायक पर्ने भएकाले आन्दोलनमा उत्रिएका तिंलाका स्थानीयहरुको सपना साकार बनेको छ। उनीहरुले आफुहरुलाई अन्याय भएको भन्दै स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन समेत बहिस्कार गरेर विरोध जनाएका थिए।

THIS IS ADD AREA
x

Check Also

भारतिय मगन्ते भन्छन् नेपाली नागरिकता चाहियो ,,तराईबासीले पाउने कहिले?

नगरिकताको विषयले अहिले देशमा आगो बलिरहेको छ । केहि समयअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नागरिकता विधेयक पास गरियो । नागरिकता विधेयकको विरुद्धमा आम नागरिकले चर्को ...

Social Media Auto Publish Powered By : XYZScripts.com