केहि दिनयता स्थिर रहेको काठमाडौं उपत्यकाको आज न्यूनतम तापक्रम घटेर २.३ डिग्री सेल्सियस पुगेको छ । तर न्यूनतम तापक्रम घटे पनि तुलनात्मक रुपमा चिसो कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार पश्चिम तराई भेगमा बाक्लो हुस्सु लागेको छ । अपराह्नपछि त्यो हट्नेछ । पाँच दिनयता निकै चिसो बढे पनि आइतबारदेखि भने केही न्यानो महसुस गरिएको छ ।
यसअघि गत पुस २३ गते यस वर्षकै बढी चिसो न्यूनतम तापक्रम ० डिग्रीमा झरेको थियो । यही माघ १० गते सुदूरपश्चिमबाट पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गरेका कारण देशका अधिकांश भूभागमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यमखालको हिमपात भएको थियो ।
बदलीसँगै वर्षात्का कारण काठमाडौंको न्यूनतम तापक्रम बढेर ६ डिग्रीभन्दा माथि पुगेको थियो । त्यसयता शनिबारसम्म न्यूनतम तापक्रम बढे पनि काठमाडौँसहित देशभर चिसो बढेको थियो ।

English
MTV NEPAL MTVNEPAL


