एकताका लागी अध्यक्ष ओली र दाहालबीच भेटवार्ता

वाम गठबन्धनका लागि पछिल्ला दिनमा सक्रियता बढाएका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि छलफल भएको छ ।
दुई पार्टीका अध्यक्षबीच पार्टी एकीकरण, प्रदेश सरकार गठन र केन्द्रमा वाम सरकार गठनलगायतका विषयमा छलफल भएको छ ।

माओवादी केन्द्राध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुगेका एमाले अध्यक्ष ओली र दाहालबीच पार्टी एकता प्रक्रियाका विषयमा छलफल भएको हो ।

प्रदेश सरकार निर्माणमा पद बाँडफाँट गर्न दुई दलका नेता सम्मलित कार्यदलले मूख्यमन्त्री लगायतका पदमा सहमति गर्न नसकेपछि दुई पार्टीका अध्यक्षले भेटवार्ता गरेका हुन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com