६ मुख्यमन्त्रि सहित प्रदेश सांसदका सभामुख तथा उपसभामुखको टुंगो लगाउन आइतबार बिहान ११ बजे बस्ने भनिएको वाम गठबन्धनको संयुक्त कार्यदलको बैठक दिउँसो ३ बजेलाई सारिएको छ ।
कार्यदलका सदस्य वर्षमान पुन बैठकमा उपस्थित हुन नसक्ने भएपछि दिउँसो ३ बजेपछि एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने कार्यदलका संयोजक सुवासचन्द्र नेम्बाङले जानकारी दिनुभयो ।
यसअघि राष्ट्रियसभाको सिट संख्या टुंगो लगाएको कार्यदलले प्रदेश सरकारमा कुल सांसद संख्याको १० प्रतिशत मात्र मन्त्री बनाउने सहमति गरेको छ ।
कार्यदलमा एमालेबाट नेता नेम्वाङसहित सुरेन्द्र पाण्डे र शंकर पोखरेल सदस्य हुनुहुन्छ भने माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मात्रिका यादव रहेनुभएको छ ।

English
MTV NEPAL MTVNEPAL


