भैरहवा भन्सारबाट सामान निर्यात वृद्धि

पछिल्लो समय भैरहवा भन्सार कार्यालय रुपन्देहीबाट भारत तथा तेस्रो मुलुकमा निर्यात वृद्धि हुँदै गएको छ ।

गत बर्षको पुस मसान्त सम्म १ अर्ब १७ करोड रुपैया बराबरको सामान निर्यात भएकोमा यस बर्ष भने केहि बढेको छ ।

आर्थिक बर्ष २०७४÷०७५ को पुस मसान्त सम्ममा १ अर्ब ८४ करोडको सामान निर्यात भएको भन्सार कार्यालय स्रोतले जनाएको छ ।

मुलुकको दोस्रो ठुलो भन्सार नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयबाट बस्तु आयातको तुलनामा निर्यात भने निकै न्युन रहेको छ ।

आयातको तुलनामा निर्यात निकै कम हुुँदा मुलुकमा ब्यापार घाटा भने दिनानु दिन बढ्दै गएको छ ।

नेपालका लागि प्राय बस्तुहरु भारतबाट आयात हुने गरेका छन् भने त्यसको तुलनामा नेपालबाट भारत लगायत तेश्रो मुलुकमा निर्यात हुने बस्तुहरुको परिमाण न्यून रहेको छ ।

नेपालका बिभिन्न स्थानबाट संकलन गरिएको काम नलाग्ने कबाड सामाग्रीहरु यस नाका हुदै निर्यात हुने गरेको छ ।

त्यसैगरी अदुवा, जडिबुटि लगाएतका बस्तुको पनि निर्यात बढ्दै गएको छ ,यसैगरी बोरा झोला, रेशाको कपडा अन्य कपडा जन्यबस्तु तथा बिभिन्न ब्राण्डका मसला जन्य बस्तु निर्यात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com