हाँस्य कलाकारहरुकै टिमका अर्का सदस्य सिताराम कट्टेल र कुञ्जना घिमिरे पनि चलचित्र निर्माणमा लागेका छन् । चाडै नै चलचित्रको नाम र कलाकार घोषणा गरिनेछ ।तर, सितारामले बनाउन लागेको चलचित्रको निर्देशन भने उनकै पत्नी कुञ्जना घिमिरेले गर्ने चर्चा चलेको छ । यो बिषयमा पत्रकारले कुञ्जनासँग प्रश्न गरेका थिए । जसमा उनले भनिन् ‘मलाई सितारामजी र टिमले चलचित्र निर्देशनका लागि कुरा गर्नुभएको छ । तर, अहिले नै मैले गर्ने वा अरु कुनै निर्देशकले गर्ने पक्का भएको छैन ।’कुञ्जनाले यसो भनिरहँदा एउटा कुरा पक्का के हो भने, यसको निर्माणपक्ष एकैसाथ चलचित्रको सबै कुराको घोषणा गर्न चाहन्छ । यसैले नाम, कलाकार र निर्देशक लुकाइएको छ । तर, सितारामले बनाउन लागेको चलचित्रको निर्देशन कुञ्जनाले गरिन् भने अचम्म नमान्दा हुन्छ ।चलचित्रको टिममा अहिलेसम्म अरु निर्देशकलाई अफर गरिएको छैन । बरु, कुञ्जनाले नै निर्देशन गर्ने भन्ने बिषयमा आन्तरिक कुरा भैरहेको छ । चलचित्रको स्क्रीप्टको पहिलो ड्राफ्ट फाइनल भैसकेको छ । यो फाइनल गर्दा निर्देशकविना पक्कै पनि गरिएको थिएन होला ।सिताराम अहिले कुञ्जनाको नाम लुकाएर दर्शक र मिडियालाई केही समयपछि सरप्राइज दिने तयारीमा देखिएका छन् ।

English
MTV NEPAL MTVNEPAL


