काठमाडौँ – नेपालीहरुको दशैँ जस्तो महत्वपुर्ण चाडपर्व नजिकै गर्दा सार्वजनिक सवारी चालकले असोज २ देखि हडताल गरेका छन् । हडतालका कारण पेट्रोलियम पदार्थ ढुवानी गर्ने टयांकरलाई रोक्का गरेका राखेका छन् । उपत्यकाको अधिकांश पम्प बन्द छन् र कमै खुलेका पम्प पनि अत्यन्तै भीड रहेको छ । सर्वसाधारण जनतालाई सास्ती बेहोनु परेको छ । असोज ५ गते देखि यतायत व्यावसयीले अग्रिम टिकट बुङिक खोल्ने भनेनी पुन बुङिक हालै नखोल्ने बताएको छ । सवारी चालकलाई अन्य अपराधीजस्तै जन्मकैदको सजायसम्मको व्यवस्था गरिएको छ, कानुन संशोधनसहितका विभिन्न १३ बुँदे माग गरेका छौं,’ संघर्ष समितिका संयोजक वसन्त शर्माले महासंघलाई पठाएको पत्रमा भनिएको छ, ‘जुन सवारी चालकलाई मात्रै नभई यातायात व्यवसायीलाई समेत आवश्यक छ । संघर्षका कार्यक्रम सफल बनाउन महासंघको साथ र सहयोग चाहिएकाले सवारी साधन बन्द गरी सहयोग पुर्याइदिनु हुन अनुरोध छ ।’ महासंघका महासचिव सरोज सिटौलाले चालकको पत्र प्राप्त भएको र शुक्रबारदेखि थप छलफल गरिने बताए ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले चालकसँग सवारी सञ्चालन गर्न सहमत भएको दाबी गरे । ‘बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको संयोजकत्वमा भएको छलफलमा सञ्चालन गर्ने सहमति भएको छ,’ उनले भने, ‘शुक्रबारदेखि सुचारु हुन्छ ।’ बिहीबार संर्घष समितिका अधिकारीसँग भएको छलफलमा शुक्रबार पुनस् प्रधानमन्त्री कार्यलयका सचिव, गृह सचिव, कानुन सचिव र यातायात सचिवबीच छलफल गर्ने गरी आन्दोलन टुंग्याएको जनाएको छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले चालकको आन्दोलन यातायात विभागसँग सम्बन्धित नभएको बताए । ‘हामीभन्दा कानुन बनाउने निकायसँग असन्तुष्टि देखिन्छ,’ उनले भने, ‘समस्या समधानका लागि जिल्ला प्रशाशनबाट छलफल भएको छ ।’सार्वजनिक सवारी चालकको हडतालले इन्धन क्षेत्रमा पनि प्रत्यक्ष असर गर्यो । हडतालका कारण पेट्रोलियम पदार्थ ढुवानी हुन नसक्दा अधिकांश पम्प बन्द छन् । इन्धन वितरण भएका पम्पमा व्यापक भीड लागेको थियो । आयल निगमसँग पर्याप्त इन्धन भए पनि हडतालका कारण सहज रूपमा ढुवानी हुन नसकेको जनाएको छ । ‘निगमसग पर्याप्त मात्रामा इन्धन छ,’ निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘तर, टयांकर चालकबाट सहयोग भएन ।’ बिहीबार ५ लाख लिटरभन्दा बढी पेट्रोल र ४ लाख लिटर डिजेल वितरण गरेको भट्टराईले बताए ।आयल निगमले इन्धन ढुवानी नगर्ने टयांकरको छानबिन गर्ने भएको छ । इन्धन ढुवानी अवरोध गर्ने टयांकरको ढुवानी सम्झौता रद्द गरी खारेज गर्ने चेतावनी दिए पनि केहीले अटेर गरेपछि सूक्ष्म छानबिन गर्न लागेको हो । ‘टयांकर चालकले उठाएका मागहरूप्रति निगम सकरात्मक रही तलब भत्ता, सञ्चय कोष, ट्रिप भत्ता पूरा गर्न सहमत भइसकेको अवस्थामा केही टयांकरले असहयोग गरे,’ भट्टराईले भने, ‘आपूर्ति सहज भएपछि छानबिन गर्छौं ।’

English
MTV NEPAL MTVNEPAL


