अझै नियन्त्रणमा आउन सकेन पखाला : २१० जना पखलाबाट प्रभावित

महोत्तरी । महोत्तरी ,असोज महिनाको शुरुदेखि नै सो बस्तीमा फैलिएको पखाला एक साता भइसक्दासम्म अझै नियन्त्रण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।जिल्लाको जलेश्वर नगरपालिका–१२ को नैन्हीस्थित मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन ।पखाला शुरु भएसँगै पहिलो दिन नै चार वर्षीया बालिका खुश्बु खातुनको मृत्यु भएको थियो । लगत्तै बस्तीमै दक्ष चिकित्सक सहितको स्वास्थ्य टोलीले सघन उपचार थाले पनि अझै नियन्त्रण हुन नसकेको जलेश्वर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा राजीव झाले जानकारी दिए ।नैन्हीको स्वास्थ्य चौकी र त्यहीँकै मदर्सासहित दुई ठाउँमा शिविर नै राखेर सघन उपचार शुरु गरिएको कार्यालयले जनाएको छ । दुवै ठाउँ गरी २१० जना पखलाबाट प्रभावित भएका स्वास्थ्य टोलीमा खटिनुभएका जिल्ला स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बताए । ‘घरघरै बिरामी छन्, हामीले अहिले पनि ५० जनालाई शिविरस्थलमै स्लाइन उपचार जारी राखेका छौं’, स्वास्थ्य निरीक्षक ठाकुरले भने, ‘शिविरमा बिरामीलाई उपचारको ठाउँ अपुग भएपछि जिल्ला अस्पताल जलेश्वरमा थप उपचारका लागि पठाएका छौँ ।’बस्तीमा घर वरपरको सरसफाइ र खानपानमा सचेतता नअपनाइँदा समस्या नियन्त्रणमा आउन ढिलाइ भएको चिकित्सक र स्वास्थ्यकर्मीको भनाइ छ । घना बस्ती भएको र सरसफाइ तथा खानपानबारे बेखबर रहने बानीले पखालाले प्रकोपकै रुप लिएको र चाँडो नियन्त्रण हुन नसकेको चिकित्सक र स्वास्थ्यकर्मी बताउँछन् ।धानखेतबाट मारेर ल्याइएको ससाना भूरा माछा खाँदा पखाला शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । पछिल्लो पटक केन्द्रको स्वास्थ्य सेवा विभागबाट आएको टोलीले बस्तीमा खाने गरिएको पानी र बिरामीको दिसा सङ्कलन गरेर लगेको नमूनाको रिपोर्ट आएपछि पखाला फैलिनुको खास कारण पत्ता लाग्ने स्वास्थ्य निरीक्षक ठाकुरले बताए ।पखाला प्रभावित मुस्लिम बस्तीलाई निगरानीमा राखिए पनि यसको प्रभाव सोही वडाको अर्को बस्तीमा देखिन थालेको छ ।पखाला महामारी फैलिएपछि जलेश्वर नगरपालिकाको नैन्ही बस्तीमा त्रास छाएको छ । त्यहाँका बासिन्दाले चिकित्सक र स्वास्थ्यकर्मीको थप टोली अत्यावश्यक ओषधिसहित केन्द्रबाट तत्काल थप्न माग गरेका छन् ।

THIS IS ADD AREA
x

Check Also

आन्दोलनरत चिकित्सक र केएमसी अस्पताल प्रशासनबिच वार्ताको तयारी,, केहिबेरका लागि आन्दोलन रोकियो

काठमाडौँ मेडिकल कलेज (केएमसी)मा आन्दोलनरत आवासीय चिकित्सक र अस्पताल प्रशासनबिच वार्ताको तयारी गरिएको छ । “पाठ्यक्रममा नै नभएको स्वास्थ्य शिविर गर्न लगाएपछि आफूमाथि ज्यादती भयो ...

Social Media Auto Publish Powered By : XYZScripts.com