‘द भ्वाइस अफ नेपाल’ को घोषणा, असारबाट प्रशारण हुने

चर्चित रियालिटी शो ‘द भ्वाइस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाइस अफ नेपाल’ सुरु हुने भएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै यो रियालिटी शो असारबाट टेलिभिजनमा प्रशारण हुने जानकारी दिईएको हो ।

यस अघि नै ‘नेपाल आइडल’ जस्तो चर्चित रियालिटि शो निर्देशन गरेका लक्ष्मण पौडेलले नै ‘द भ्वाइस अफ नेपाल’को निर्देशन गर्नेछन । प्रलादसिंह ठकुरी एमेडी रहेको यो शोमा फिरोज तिमिल्सिना प्रमुख सहायक निर्देशक रहने शो को होस्ट सुशिल नेपालले गर्नेछन् ।

बिजेताले नगद २५ लाख, नयाँ कार, बीस लाख बराबरको भिडियो एल्बमको संझौता र विश्व भ्रमणको अवसर प्राप्त गर्नेछन् । शोमा दीपक श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा निर्णायकको रुपमा रहनेछन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com