प्रदेश ५ को काँग्रेस संसदीय दलको नेतामा पोखरेल

नेपाली काँग्रेस प्रदेश नं ५ को संसदीय दलको नेतामा बलदेव शर्मा पोखरेल निर्विरोध चयन भएका छन्  ।  ज्येष्ठ प्रदेशसभा सदस्य ७९ वर्षीय पोखरेल र अन्य चार जनाले गत फागुन ६ गते संसदीय दलको नेता बन्नका लागि उम्मेदबारी दिएका थिए । आज अपराह्न २ बजे हुने भनिएको मतदानअघि नै लामो छलफलपछि रुपन्देहीका पोखरेलको नाममा सहमति जुटेपछि उनी  संसदीय दलको नेता चयन भएका हुन्  ।  संसदीय दलको नेताका लागि यसअघि पोखरेलसँगै पाल्पा काँग्रेसका सभापति वीरबहादुर राना, कपिलवस्तुका वीरेन्द्र कनौडिया, रुपन्देहीका फकरुद्दीन खाँ र दाङका डिल्लीप्रसाद चौधरीले उम्मेदवारी दर्ता गराएका थिए  ।  संसदीय दलको नेता चयनपछि उनले  सरकारले गर्ने काम गुण र दोषका आधारमा समर्थन की विरोध गर्ने भन्ने तय हुने बताए  ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com