यूएस–बंगलाको बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा परि मृत्यु भएका बंगलदेशी नागरिकको शव सोमबार (आज) ढाका लगिँदैछ ।
ती शवहरुलाई बंगलादेश सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धान्जली दिने कार्यक्रम रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
श्रद्धान्जली समारोहपछि ती शवहरु आफन्तलाई हस्तान्तरण गरिने भएको छ ।
यूएस बंगला एयरलाइन्सको बीएस २११ बिमानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरका क्रममा आगो लागेको थियो । घटनामा २६ जना बंगलादेशी २२ जना नेपाली र एक चिनीयाको मृत्यू भएको छ । २६ बंगलादेशीमध्ये २३ जनाको सनाखत भएको छ भने बाँकी सनाखतको प्रक्रियामा छन् ।

English
MTV NEPAL MTVNEPAL


