पाँच पटकको विजेता नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १६औं संस्करणको फाइनलमा प्रवेश गरेको छ । पुलिस क्लब बिहीबार भएको सेमिफाइनल खेलमा धरान फुटबल क्लबलाई १—० गोलले हराउँदै फाइनलमा पुगेको हो । पुलिस क्लब क्याराभान गोल्डकपसहित आहा रारा गोल्डकपमा पाँच पटकको च्याम्पियन हो । पुलिस क्लबका सुमन लामाले प्रतिस्पर्धात्मक खेलको २२औं मिनेटमा पाएको पेनाल्टी प्रहारको अवसरलाई सदुपयोग गरेका थिए । सुमनको सोही गोल नै पुलिस क्लबलाई फाइनलमा पुर्याउन पर्याप्त भयो । पुलिस क्लबले अब उपाधिका लागि थ्रीस्टार क्लबको सामना गर्नेछ । रोमन लिम्बूले डीबक्सभित्र पुलिस क्लबका रवि पासवानलाई लडाएपछि रेफ्री सुदेश पाण्डेले पहेँलो कार्ड देखाउँदै पेनाल्टी प्रहारको मौका दिएका थिए ।

English
MTV NEPAL MTVNEPAL


