प्रदेश ६ र ७ को प्रदेशसभाको पहिलो बैठकले सभामुख चयन गर्ने

२० माघ, काठमाडौं । प्रदेश ६ र ७ को आइतबार बस्ने प्रदेशसभाको पहिलो बैठकबाट अन्तरिम कार्यविधि पारित गर्दै सभामुख चयनको मिति तोक्ने कार्यसूची तयार गरिएको हो ।

प्रदेश ७ को पहिलो बैठकको कार्यसूचीमा २७ गते सभामुखको चुनावको मिति तोक्ने विषयमा छलफल हुने छ । बैठकले यो मिति पारित गरे २५ गते नामावली प्रकाशित गरी २७ गते सभामुख चयन हुने सांसद दुर्गा विकले जानकारी दिइन् ।

यस्तै प्रदेश ६ को पहिलो बैठकका लागि तयार गरिएको कार्यसूचीमा पनि सभामुखकै एजेण्डा मुख्य रहेको छ । प्रदेश ६ को सभामुख चयनका लागि २९ गते चुनावको मिति तोक्ने तयारी गरिएको छ ।

२९ गतेको मितिका विषयमा पहिलो बैठकमा छलफल हुने प्रदेश ६ को सांसद सचिवालयले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com