धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटमा चौराह धनगढीले महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले हराएको छ ।
१ सय ३२ रनको विजयी लक्ष्य धनगढीले १८ ओभरमा २ विकेट गुमाएर भेट्टायो । धनगढीको जितमा सुनिल धमलाले नटआउट ४६ रन बनाए । यस्तै, रोहन मुस्तफाले ३९ र अश्फाक महमदले ३० रन बनाएपछि धनगढीले सहज जित हात पारेको हो ।
धनगढीले तीनमध्ये २ खेल जितेको हो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । महेन्द्रनगरका पुनित मेहराले ४० रन बनाए ।
म्यान अफ् द म्याच घोषित धनगढीका ललितसिंह भण्डारीले चार विकेट लिए ।

English
MTV NEPAL MTVNEPAL


