भूकम्प पीडितलाई दिने दोस्रो किस्ता बापतको अनुदान रकम लिने समय आगामी असार मसान्तसम्म लाई थपिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको बैठकले भूकम्पपीडितले दोस्रो किस्ता रकम लिन तीन महिना समय थपेको हो ।
प्राधिकरणले यसअघि दोस्रो किस्ताको रकम यही चैत मसान्तभित्र बुझिसक्नुपर्ने निर्णय गरेको थियो ।
बैठकले भूकम्पपीडितका लागि सहज तरिकाले रकम निकासा गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, बैठकले अतिजोखिममा रहेका भूकम्पपीडितका घर, टहरा सहजरुपमा निर्माण गर्ने, शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरुलाई प्राथमिकताका साथ निर्माण गर्ने निर्णय गरेको पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले जानकारी दिए ।

English
MTV NEPAL MTVNEPAL


